काठमाडौँ । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गर्दा झपड भएको हो । भिडलाई रोक्न प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरेका थिए।

त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ। अहिले पनि तनाव कायमै छ। युवाहरुले रथ सडकको बीचमा पुर्याएका छन् ।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
