चर्चित खेलाडी नेयमारसहित ३ खेलाडी कोरोना संक्रमित

काठमाडौँ । फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइनका तीन मुख्य खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

पीएसजीका नेयमार, एन्जेल डी मारिया र लियन्द्रो परअरदेसलाई कोरोना भाइरसले संक्रमण गरेको पुष्टि भएको हो।

Advertisement

फ्रान्सको एक रिपोर्टमा उल्लेख भएअनुसार इबिजामा बिदा मनाएर फर्किएपछि उनीहरुमा कोरोना संक्रमण देखिएको क्लबले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुले उपयुक्त स्वास्थ्य मापदण्डको पालना गर्ने रिपोर्टमा जनाइएको छ।

रिपोर्टमा ३ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि अब सबै खेलाडी, प्रशिक्षक तथा सबै सदस्यको कोरोना परीक्षण गरिनेसमेत उल्लेख छ। एजेन्सी

More News last news
Loading...