काठमाडौँ उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा, स्वरुप परिवर्तन हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ २४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ। निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकारीले जानकारी दिए।

Advertisement

निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ।

अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौँ उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ ।

More News last news
Loading...