काठमाडौँ उपत्यकाको निषेधाज्ञा आज सकिदै, थप्ने वा हटाउने बारे निर्णय हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा हटाउने वा बढाउने भन्ने बारेमा आज निर्णय हुने भएको छ।

कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो।

Advertisement

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।

‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको रमोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकारीले जानकारी दिए।

पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ।

More News last news
Loading...