सिद्धार्थ बैंकको ग्रीनपिन सेवा सुरु

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले भदौ १५ गते देखि बैंङ्किङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नका लागि ग्रीनपिन सेवा सुचारु गरेकोे छ।

यस सुविधा संचालनपश्चात् बैंकका ग्राहकहरुले डेबिट र के्रडिट कार्डको ग्रीनपिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन्।

Advertisement

ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिद्घार्थ बैंकको कुनै पनि एटीएम वा नेप्स सदस्य रहेका केहि बैंकहरुको एटीएमबाट निर्धारण गर्न सक्नेछन्।

यसरीे पिन निर्धारण गर्न एटीएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रीनपिन आउने छ।

प्राप्त ग्रीनपिन ग्राहकहरुले एटीएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन्।

पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटीएम, पीओएस मेसिन तथा अनलाइन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटीएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन्।

बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भएपनि कागजको प्रयोग कमगरी वातावरण मैत्री बैंङ्किङ सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ।

More News last news
Loading...