जोखिममा रहेका बालबालिका तथा किशोर–किशोरीहरूसँग गरिने प्रतिकार्यसम्बन्धी अन्तरक्रिया

काठमाडौँ । जोखिममा रहेका बालबालिका र किशोर–किशोरीहरूसँग गरिने व्यवहार तथा प्रतिकार्यसम्बन्धी अन्तरक्रिया बालबालिकाका क्षेत्रमा क्रियाशिल सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

बालबालिका, कोक्षेत्रमा देखिएका विभिन्न समस्याहरु रत्यसबाट बालबालिकमा देखापर्ने मनोसामाजिक असर तथा प्रभाव, तथा अभिभावक व्यवहार गर्दा पुराउनुपर्ने ध्यान तथा सरोकार वाला निकायहरुले प्रतिकार्य सम्बधि क्रियाकलाप गर्दा अवलम्बन गर्नु नीतिका बारेमा छलफल हुनुपर्ने बिषयलाई मध्यनजर गर्दै यो कार्यक्रम संचालन गरिएको हो।

Advertisement

कोअलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, (सिट्रेड) प्रा. लि. ले फेविना फाउन्डेशनलेको सहकार्यमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बालबालिकाको क्षेत्रमा देखिएका विभिन्न समस्याहरु सवालहरु र त्यसबाट बालबालिकमा देखपिर्ने मनोसामाजिक असर तथा प्रभाव, अभिभावकको बालबालिकाहरु प्रति दायित्व, संघ संस्था, तथा सामाजिक कार्यकर्ता तथा मनोसामाजिक, विमर्श कर्ताहरुले अपनाउन पर्ने विशेषको बारेमा छलफल गरिएको थियो।

कोभिड–१९ संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै अनलाइन (जुम) मा गरिएको उक्त अन्तरक्रियामा सिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापाले सहजिकरण गरेका थिए भने जिनियस यकेडमीका प्रमुख कार्यकारी अधिकृत कमल सिलवालले विषयसँग सम्बन्धित रहेर प्रस्तुति दिएका थिए।

सहभागीहरुले मनोसामाजिक सहयोग गर्दा वा बालबालिकाहरुको वा किशोर किशोरीहरुको पारम्भिक जानकारी कसरी संकलन गर्ने, सम्बन्ध विस्तार गर्ने, उनीहरुको हाउभाउबाट अवस्था कसरी थाह पाउने, त्यस्तै गरि विधार्थी हरुको मनोसामाजिक तनाव लक्षण कसरी थाह पाउने, रन बोलेर प्रयोग हुने संचार आदिको बारेमा जिज्ञासा राखेका थिए।

प्रस्तुतकर्ता एवं सहजकर्ता श्री कमल सिलवालले अभिभावकको बालबालिका तथा किशोर किशोरीहरु प्रति अपेक्षाफरक हुने उनीहरुको क्षमता अभिभावकको सोचाई भन्दा फरक हुने गर्दछ।

यसले गर्दा अभिभावक र बालबालिका तथा किशोर किशोरीहरुबीच विश्वासको खाडल उतपन्न हुने गरेको बताउनुभयो यसको प्रभाव र असर उनीहरुको शिक्षा, पारिवारिक सम्बन्ध रास समेत लाउने गर्दछ्र यसमा क्रममा पारिवारिक झैँ झगडा, घरेलु हिंसा, बालबालिका विरूदको हिँसा, लैङ्गिक हिंसा, आदीले बालबालिका तथा किशोर किशोरीहरुको थप मनोसामाजिक स्थिति जटिल बनाउन सहयोग पुराउछयसकारण सामाजिकरमनोविमर्श कर्ता तथा शिक्षक र शिक्षकहरूले बालबालिका, किशोर किशोरीहरु हरुको पारिवारिक स्थिति, उसको व्यक्तिगत क्षमता अर्को सहयोग प्रणाली को बारेमा जानकार हुनु पर्दछ।

स्थापना कालदेखि विभिन सेवा क्षेत्र जस्तै परामर्श सेवाहरू (अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअल विकास र प्रकाशन, परियोजना व्यवस्थापन), निजी क्षेत्र र व्यापार विकास, तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा र संचार (आई. सी.सी.) विकास र प्रकाशन रहेको र बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था एवम् सरकारी निकायहरुलाई परामर्श दिँँदै आइरहेको र हाल संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत यो अन्तरक्रिया आयोजना गरिएको र यस्ता प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्ने सिट्रेडका अध्यक्ष शुक्रराज पौडेलले जानकारी दिए ।

अन्तरक्रिया कार्यकम्रमा ५० जना भन्दा बढी विभिन पेसाकर्मी, अभियन्ताहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहको थियो। आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया, गोष्ठी, तालिम लगायत क्रियाकलापहरु संचालन गर्दै जाने आयोजक टिमले जनाएको छ।

More News last news
Loading...