सोलुदुधकुण्ड युथ क्लबको अध्यक्षमा तामाङ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाभित्र समाजसेवा र विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको सोलु दुधकुण्ड यूथ क्लबमा क्षितिज तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।

शनिबार सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीस्थित आफ्नै कार्यालयमा सम्पन्न अधिवेशनबाट तामाङको अध्यक्षतामा क्लबले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

Advertisement

क्लबको उपाध्यक्षमा सुरेश सोनाम (बारिस सोनाम), सचिबमा मदनश्रेष्ठ र सहसचिबमा श्यामध्वज राई र कोषाध्यक्षमा विनोद परियार चयन गरिएको क्लबका निवर्तमान अध्यक्ष तेजराम परियारले जानकारी दिए । कार्य समितिमा तीन सदस्य भने पछि मनोनीत गरिने क्लबले जनाएको छ।

नयाँ नेतृत्वलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ सोलुखुम्बुले बधाई ज्ञापन गरेको छ।

संघका जिल्ला अध्यक्ष निरकुमार शर्माले सामाजिक सन्जालमार्फत अध्यक्षमा तामाङसहितको निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

उनले नयाँ नेतृत्वले क्लबलाई जिल्लाकै अग्रणी बनाउन उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरेका छन्।

यसैबीच क्लब र सोलु हेल्थ केयर सेन्टरको सहकार्यमा थाइराइड सम्बन्धी रोगको उपचार सुरु गरिने भएको छ।

हेल्थ केयर सेण्टरको कार्यालयबाट प्रदान गरिने सेवाको सोलुदुधकुन्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले आइतबार उद्घाटन गरेका छन्।

More News last news
Loading...