काठमाडौँ । धनकुटाको राजारानीमा रहेको माउण्ट एभरेष्ट वाइनरी उद्योग तथा कम्पनीले ‘प्रिन्सेस वाइन’ बजारमा ल्याउँदैछ।
कम्पनीले लकडाउन खोल्नेबितिकै बजारमा लञ्च हुने जनाएको छ। उक्त वाइन नेपाली बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारहरुमा समेत पु-याउन लागिएको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले बताए।
किबी फल तथा अन्य फलफूलहरूको मिश्रणबाट प्रिन्सेस वाइन बनाउनको लागिएको निर्देशक बास्तोलाले जनाएका छन्।
धेरैजसो फलफूलहरुले बजारमा उचित मूल्य नपाउँदा त्यसै खेर गइरहेको अवस्थाले गर्दा पनि कृषकहरूको परिश्रमलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन शुरु गर्न लागिएको उनको भनाई छ।
फलफूलहरुको सही तरिकाले प्रयोग गरी यो वाइन कम्पनीले जनाएको छ। उक्त वाइन नेपालमा आएपछि थुप्रै कृषकहरुले रोजगारी पाउने र नेपाललाई पनि केही हदसम्म आर्थिक टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ।
यो वाइन नेपालमा पहिलो कम्पनीको रुपमा स्थापना हुन लागेको अध्यक्ष बास्तोलाले दावी गरेका छन्। अहिलेको असहज अवस्थामा पनि कम्पनीले ५० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
