स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
काठमाडौँबाट स्याङ्जा चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका–५ मजकोटमा आज बिहान करिब ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।
यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक वडा नं ९ कै ३१ वर्षीय सुरेन्द्र भण्डारी रहेका छन्।
उनीहरुलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको बताइएको छ।
घाइतेमध्ये पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ।
एम्बुलेन्स सडकदेखि अन्दाजी २५० मिटर तल खसेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
