धादिङका युवा नेता उमेश श्रेष्ठद्वारा जन्मदिनको अवसरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौँ । नेपाली काँग्रेस धादिङका युवा नेता उमेश श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा चुलिदेबि माविमा अध्यनरत गरीब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

चुलीदेवी माविका संस्थापक समजसेवी पुर्ण वहादुर श्रेष्ठका सुपुत्रहरु युवा व्यावसायीहरु रमेश कुमार श्रेष्ठ, उमेश कुमार श्रेष्ठ र सुरेन्द्रकुमार श्रेष्ठको संयुक्त पहलमा युवा नेता एवं व्यवसायी उमेशकुमार श्रेष्ठको जन्मदिनको अवसरमा यस विद्यालयमा अध्यापनरत गरीब तथा जेहेन्दार बालबालिकाका लागि छात्रवृति प्रदानको लागि आफनो दिवङ्गत हजुरआमा लक्ष्मी कुमारी श्रेष्ठको स्मृतिको अवसरमा बितररण गरिने गरी रु पचास हजार (५० हजार) को अक्षयकोष स्थापना गरेका छन् ।

Advertisement

युवा नेता समाजसेवी उमेश श्रेष्ठ लगायत उनको परिवार प्रति विध्यालय परिवारले आभार व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेको छ।

More News last news
Loading...