दशैंअघि त्रिविका कुनैपनि वार्षिक परीक्षा नहुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने भएका छन्।

कारोनाको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

Advertisement

परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ।

यसअघि लकडाउन खुलेसँगै गाडी चल्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो।

तर अब त्रिवि दशैंअघि परीक्षा गर्ने योजनाबाट पछि हटेको छ।

परीक्षा नियन्त्रक जोशीका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी भएको छ।

पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ।

More News last news
Loading...