आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज शनिबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ। हिजो डलरको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर ११८ रुपैयाँ ४० रहेको थियो ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ १८ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ७० पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...