काठमाडौँ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणामाथि अख्तियारमा उजुरी परेको छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष रहँदा विराटनगरको ट्रान्स नेपाल प्रा. लि. र वीरगञ्जको हिमालय टर्मिननल प्रा. लि. सँग गरेको पुरक करार सम्झौता गैरकानूनी भएको र यो सम्झौताले राज्यकोषको करोडौं गुमेको भन्दै त्यो सम्झौता गर्ने राणा र तात्कालिन समयमा समितिसँग आवद्ध रहेको युवक डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दामा उजुरी परेको हो।
भ्रष्टाचारविरोधी अभियानकर्ताको रुपमा आफूलाई चिनाउने बानेश्वरकी शारदा भुषाल (झा) र गीता ढकालले यस्तो मुद्दा दर्ता गराएका हुन्।
उनीहरुले यस्तो उजुरी अख्तियार बाहेक राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदको सार्वजनिक लेखा समिति, वित्तीय जानकारी इकाईमा समेत दिएका छन्।
पहिलो सम्झौतामा २७ करोड र दोस्रो सम्झौतामा ५१ करोड रुपैयाँया राज्यकोषलाई नोक्सान पुर्याएको दाबी गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
