शुक्रबार देशभर थप १२ जना संक्रमितको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ।

यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन्।

Advertisement

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए।

यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ।

बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ।

More News last news
Loading...