२४ घण्टामा थपिए ९२७ जना कोरोना संक्रमित, १६९ डिस्जार्ज

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट आज शुक्रबार मात्रै ९२७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको बताएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ५८ हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ ।

More News last news
Loading...