भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा १ जनाको मृत्यु, ३ जना घाइते

भक्तपुर । पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा यहाँ आज एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

Advertisement

अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्यांकरले भक्तपुरतर्फ आउँदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदहका गाउपालिका–८ घरभइ हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भिर घाईते भएका छन्।

मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उहाँका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन्।

घाइतेको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र सहचालक राजवंशीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए।

More News last news
Loading...