बाँकेमा एकै दिन ५१ जना सेनामा कोरोना देखियो, आर्मी क्याम्प सिल

नेपालगन्ज । बाँकेमा एकै दिन ५१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार वागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक नेपालगन्जमा गरीएको परिक्षणमा नेपाली सेनाका ५१ जवानलाई संक्रमण पुष्टि भएको हो।

Advertisement

एकै पटक यति धेरैमा कोरोना देखिएपछि बाँकेको कौशिलानगरस्थित आर्मी क्याम्प सिल गरीएको छ।

नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५५ गरी ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

एक बटालियनलाई नै संक्रमण देखिएपछि मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर सिल गरीएको बताइएको छ।

More News last news
Loading...