काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । कोरोना महामारीकाबीच जारी सीपीएलमा उत्कृष्ट प्रदर्शनसँगै सन्दीप चम्किएका हुन् ।
जमैका तलाबाजबाट खेलेका उनले १६ रन जोड्दै २ विकेट लिएका छन् । उनी आवद्ध जमैकाले अहिले बार्बाडोस ट्राइडेन्ससँग प्रतिष्पर्धा गरिरहेको छ।
ट्रीनिडाड एन्ड टोबेगोमा चलिरहेको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको छ ।
बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १४९ रनको लक्ष पाएको हो।
क्विन्स पार्क ओभलमा साविक विजेता बार्बाडोसविरुद्ध मैदान उत्रिँदा जमैका तेस्रो जितको खोजीमा हुनेछ।
पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो। पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो।
बार्बाडोस भने दोस्रो जितको खोजीमा रहेका छन् । चार खेलमा २ अंक जोडेको बार्बाडोस तालिकाको पाँचौ स्थानमा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
