गोरु काट्नेलाई नियन्त्रणमा लिन खोज्दा झापामा गोली चल्यो

काठमाडौँ । झापाको कत्लामारीमा गोरु काट्नेलाई नियन्त्रणमा लिएर बिर्तामोड ल्याउँदै गर्दा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ।

झडपमा नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन्।

Advertisement

झापा गाउँपालिका–३ कामाटोलीमा सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता तथा डीआईजी राजु अर्यालले बताए।

सशस्त्रको गोली लागेर एकजना घाइते भएका छन्। गोरु काट्ने दुई जनालाई प्रहरीले पक्रेर ईलाका प्रहरी कार्यालय बिर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमकारीले सशस्त्र प्रहरीको गाडी तोडफोड गरेका छन् ।

More News last news
Loading...