मनाङसहित गण्डकीमा थपिए ५ संक्रमित

पोखरा । हिमाली जिल्ला मनाङसहित गण्डकी प्रदेशमा ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

भर्खरै प्राप्त विवरण अनुसार गण्डकी प्रदेशका मनाङको निस्वाङ गाउँपालिका १ मा ५१ वर्षीय पुरुष, चामे ४ मा ४९ वर्षीय पुरुष, पर्वतको फलेवास ७ मा २२ वर्षीय पुरुष र ३५ वर्षीय पुरुष तथा बागलुङको बागलुङ नगरपालिका १ मा ५४ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

Advertisement

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २६६ पुगेको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १९१३ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप भएका नयाँ ५ जना संक्रमित थपिएका हुन्।

यसैगरी, गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६३९ पुगेको छ।

More News last news
Loading...