काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच मङ्गलबार भएको छलफलपछि सचिवालय बैठक आउँ गते बोलाउने निर्णय भएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
पार्टीमा देखिएको विवाद समाधान गर्नका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न दुई अध्यक्ष बैठकमा बसेका हुन्।
पार्टीका दुई अध्यक्षबीचकाे दुई घण्टा लामाे छलफल सकिएकाे छ।
भदाै १३ गते ११ बजे पार्टी सचिवालयकाेे बैठक बाेलाउने सहमति ।
एजेन्डा – कार्यदलले बुझाएकाे प्रतिवेदन रहेकाे छ ।उनीहरुबीच झण्डै दुई घण्टा लामो छलफल भएको पार्टी प्रचार विभाग उपप्रमुख थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
— Surya Thapa (@ThapajiSurya) August 25, 2020
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
