काठमाडौँ । पूर्व गृहराज्यमन्त्री सोनेलाल यादवको निधन भएको छ।
केही दिनदेखि अस्वस्थ रहेका यादवको उपचारको क्रममा वीर अस्पतालमा हिजो निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको हिजो नै गृहजिल्ला सर्लाही लगेर दाहसंस्कार गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश २ का अध्यक्ष समेत रहेका यादव पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहराज्यमन्त्री बनेका थिए।
सर्लाही खुटौनाका ७२ वर्षीय यादवका दुई छोरा र एक छोरी छन्।
उनको निधनप्रति राप्रपाका अध्यक्ष कमल थापाले दुख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
पुर्व गृह सहायकमन्त्री तथा राप्रपा नेता सोनेलाल यादवको निधनबाट राप्रपाले एक असल र राष्ट्रवादी सहयोद्धा गुमाएको छ।
स्व.यादवको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु
शोकसन्तप्त परिवारमा हार्दिक समवेदना pic.twitter.com/fzRuWfJZTP— Kamal Thapa (@KTnepal) August 24, 2020
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
