भारतको महाराष्ट्रमा ५ तले भवन भत्कियो, झण्डै ९० जना पुरिए

काठमाडौँ । भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन्। एक जनाको ज्यान गएको छ।

हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएका मध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ। एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ। अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको छ।

More News last news
Loading...