पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमण र मृत्युदर विश्वमै सबैभन्दा धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमण र मृत्युदर विश्वकै धेरै रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका अमेरिका र ब्राजिलमा भन्दा धेरै कोरोना संक्रमण र मृत्युदर भारतमा रहेका छन्।

भारतमा एकै दिन ५९ हजार ६९६ जना नयाँ कोरोना संक्रमित थपिदा अमेरिकामा ४१ हजार ४ सय ८४ जना र ब्राजिलमा २१ हजार ४३४ जना नयाँ संक्रमित थपिएका छन्।

Advertisement

त्यस्तै भारतमा कोरोनाबाट ८५४ जना नयाँ संक्रमितको मृत्यु हुँदा अमेरिकामा ५१० र ब्राजिलमा ६७९ जनाको मृत्यु भएको छ।

यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको छ भने ५८ हजार ५४६ जनाको मृत्यु भएको छ।

त्यस्तै अमेरिकामा हालसम्म ५९ लाख १५ हजार ६३० जना संक्रमित भएका छन् भने १ लाख ८१ हजार ११४ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा हालसम्म ३६ लाख २७ हजार २१७ जना संक्रमित भएका छन् भने १ लाख १५ हजार ४५१ जनाको मृत्यु भएको छ।

हेर्नुहोस् तालिका

More News last news
Loading...