पर्यटकको पर्खाइमा ‘लेकसाईड’ (फोटो कथा)

पोखरा । सामान्य समयमा निकै भीडभाड हुने स्थान हो पोखराको ‘लेकसाईड’ ।

नेपाली पर्यटक मात्र होईन, विदेशी पर्यटकको समेत मुख्य गन्तब्य रहेको ‘लेकसाईड’ यतिबेला कोरोना भाइरस (कोभिड-१९) को वढ्दो संक्रमणका कारण प्रशासनले गरेको लकडाउनका कारण सुनसान बनेको छ ।

Advertisement

मर्निङ वाक, इभिनिङ वाक, विभिन्न पार्टी समारोहको जमघट लगायतका विभिन्न क्रियाकलापबाट निकै चहलपहल हुने यस स्थानमा अहिले सायदकै कोहि पुग्न पाएका छैनन् । बिशेष कामले त्यस क्षेत्रमा कोहि पुगिहाले पनि ‘लेकसाईड’ देख्दा ‘उराठ’ लागेर आउँछ ।

सरकारले गत चैत्र देखि नै गरेको लकडाउनले यस क्षेत्र जुर्मुराउन सकेको छैन् । लेकसाईडका होटल, रेष्टुरा बन्द छन् भने फेवातालका डुंगा र माझीहरुहरुले कहिले पर्यटक आउँलान् भनेर कुरेर बसेजस्तै देखिन्थे ।

कोभिड-१९ को रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञका बाबजुत नयाँपुस्ताले आफ्नो क्यामरामा लेकसाईड आसपास र फेवातालका केहि दृश्यहरु आफ्नो क्यामरामा कैद गरेको छ :

 

More News last news
Loading...