सेना प्रहरीसहित गण्डकी प्रदेशमा भर्खरै थपिए ८ संक्रमित

पोखरा । आज बिहानै गण्डकी प्रदेशमा ५ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ८ जना संक्रमित थपिएका हुन् ।

Advertisement

निर्देशनालयको सूचनाअनुसार पछिल्लो समय थपिएका संक्रमितहरुमा नवलपुरको बिनयत्रिवेणीमा १ मा २ जना, तनहुँको ब्यास ५ र शुक्लागण्डकी ४ मा १–१ जना, बाग्लुङको बाग्लुङ २ मा २ जना, म्याग्दीको बेनीमा १ जना, स्याङ्जाको पुतलीबजारमा १ जना संक्रमित थपिएका हुन् । निर्देशनालयले बेनी र स्याङ्जाका स्थानीय तहको वडा खुलाएको छैन।

स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिकाको १ जना र तनहुँको ब्यास नगरपालिकाका १ जना गरि २ जना नेपाल आर्मीमा व्यक्ति हुन् भने म्याग्दी जिल्ला, बेनी नगरपालिकाको १ जना व्यक्ति नेपाल प्रहरीमा कार्यरत छन् ।

यस्तै, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६१२ पुगेको छ।

 

More News last news
Loading...