आफ्नै दिदीबाट आलोचित बने ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोजाल्ड ट्रम्पकी जेठी दिदी मेरिन ट्रम्प ब्यारीले आफ्नो भाइ (डोनाल्ड) को तिखो आलोचना गरेकी छिन्।

पूर्व संघीय न्यायाधीश समेत रहेकी ब्यारीले भाई डोनाल्ड ट्रम्पको कुनै सिद्धान्त नभएको समेत दाबी गरेकी छिन्। उनको आलोचनात्मक अभिव्यक्ति उनका आफ्नै भतिजी मेरी ट्रम्पले गोप्य रुपमा रेकर्ड गरेको खुलेको छ। सो रेकर्ड ट्रम्पका दिवंगत भैसकेका भाई रबर्ट ट्रम्पको श्रद्धाञ्जलीसभाको एकदिन पछि बाहिरिएको हो।

Advertisement

स्मरणरहोस्, मोरीको पुस्तक ‘टु मच एण्ड नेवर इन्फः हाउ माई फ्यामेली क्रिएटेड अफ द वल्र्ड मोस्ट डेन्जरस् म्यान’ बजारमा आएको छ। यस पुस्तक ट्रम्प परिवारसँग सम्बन्धित केही आन्तारिक कलहका प्रसंगहरु समेत उल्लेख छ। मेरी ट्रम्पले शनिबार भनिन् कि उनले ब्यारीले बोलेको उक्त रेकर्ड सन् २०१८ र २०१९ को बीचमा गरेकी थिइन्।

८३ वर्षीया ब्यारीले आफ्नो भाईले सन् २०१८ मा फक्स न्युजलाई दिएको एउटा अन्तरवार्ता सुनेको र उक्त अन्तरवार्तामा आफुलाई आप्रवासी बाबुआमाबाट ती बालबालिकाहरुलाई अलग गर्ने मुद्धा सुन्न पठाउनुपर्ने धारणा राखेको आरोप समेत लगाइन्। उनले भनिन्, यदि तपाई धार्मिक व्यक्ति हुनुहुन्छ र मानिसहरुलाई सहयोग गर्न चाहानुहुन्छ भने त्यो काम गर्न सक्नुहुन्न्।’

More News last news
Loading...