यो प्रदेशमा आज सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा आज बिदा दिइएको जानकारी दिए।

Advertisement

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ।

विसं २०७७ मा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ।

More News last news
Loading...