नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४६ पुगेको हो।

पछिल्लो २४ घण्टामा सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो।

Advertisement

योसँगै मृतकको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

More News last news
Loading...