सिरहा । सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो।
बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए।
पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए। लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेष सिहले बताए।
कोरोना जस्तो लक्षण देखा परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो।
बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए।
तर, दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ।
दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए। सिरहामा योसहित कोरोनाबाट भाइरसबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
सिरहाको गोलबजार, मिर्चैया नगरपालिका र विष्णुपुर गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
