काठमाडौँ । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।
काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ। काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
