यी ४ जिल्लामा विद्युत अवरुद्ध

डोटी । सुदूरपश्चिमका चार जिल्लामा हिजो दिउँसोदेखि बन्द भएको विद्युत सेवा अझै सुरु भएको छैन।

कैलालीको अत्तरियाबाट वितरण हुँदै गएको एक सय ३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुँडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत सेवा पूर्णरुपमा बन्द भएको हो।

Advertisement

मर्मतको लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ।

विद्युत नहुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु र ल्यान्डलाइन टेलीफोन पनि बन्द भएका छन्।

More News last news
Loading...