दोस्रो पटक सुडान उड्दै नेपाल एअरलाइन्सको वाइडबडी

काठमाडौँ । नेपाल एअरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज राति पौने दुई बजे दक्षिण सुडानको राजधानी जुवाको लागि उड्नेछ।

Advertisement

जहाजले दुई सय ६० जना सैनिक लिएर जाने र शान्ति मिसनको सेवा अवधि सकेका सैनिक बोकेर फर्कने नेपाल एअरलाइन्सले जनाएको छ।

जहाज शुक्रबार राति नेपाल फर्कने तालिका रहेको छ। नेपाल एअरलाइन्सले दोस्रो पटक सुडानको उडान गर्न लागेको हो।

यसअघि गएको साउन १३ गते नेपाल एअरलाइन्सले आफ्नो इतिहासमै पहिलो पटक सुडानको लागि उडान गरेको थियो।

More News last news
Loading...