काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) को बिक्री आजदेखि खुला भएको छ।
कम्पनीको ६३ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला भएको हो। कम्पनीको प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता बिक्रीका लागि खुला भएको हो।
६३ लाख कित्तामध्ये सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता, ३ लाख १५ हजार सामूहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीका लागि छुट्याउने रिलायन्सले जनाएको छ।
२ अर्ब १० करोड चुक्ता पूँजी रहेको रिलायन्सले ३० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । आईपीओका लागि आवेदन दिनेहरुले न्यूनतम १० र अधिकतम ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओका लागि फारम लिने तथा बुझाउनका लागि सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
रिलायन्सले आईपीओका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ। रिलायन्स इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुलीले कम्पनीको उद्देश्य नाफा कमाउनु मात्रै नभई नागरिकको बचतको सुरक्षामा पनि उत्तिकै ध्यान दिएको बताए।
यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
