काठमाडौँ उपत्यकामा आज मात्रै थपिए १५९ जना कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३८८ परीक्षणहरु गरिएका छन्। त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना रहेको छ ।

More News last news
Loading...