अछाममा बाढीले बगाएर ज्यान जानेको संख्या ६ पुग्यो, ११ जना बेपत्ता

काठमाडौँ । अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन्।

गएराति कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो।

Advertisement

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका वडा नम्बर ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले बताए ।

उक्त बाढीमा परी हराइरहेकाको खोजी भइरहेको पनि जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

More News last news
Loading...