कुशे औँसीको अवसरमा नेपाल टेलिकमले ल्यायो विषेश प्याक

काठमाडौँ । नेपाल टेलिकमले कोभिड-१९ महामारीको कारण चिन्तित अभिभावकहरुका सन्ततीहरुको पठनपाठनमा उपयुक्त हुने ‘ह्याप्पी लर्निङ प्याक’ भोली भदौ ३ गते बुवाको मुख हेर्ने दिन (कुशे औंसी) को अवसरमा कार्यान्वयनमा ल्याउने भएको छ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिनेछ।

Advertisement

सो प्याकेज अन्तर्गत तीन सय १५ मा २४ जीबी र पाँच सयमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स, र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ।

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ।

More News last news
Loading...