कैलाली । भारतबाट आउँदै गरेकी एक बृद्धाको नेपाल भारत सीमा क्षेत्रमा मृत्यु भएको छ।
भारतको सुरतबाट परिवारका अन्य सदस्यसहित आएकी करिब १०० बर्षकी महिलाको कैलालीको नेपाल भारत सीमा त्रिनगर नाकामा मृत्यु भएको हो।
सीमा पारी मृत्यु भएपछि आफन्तले उनलाई काँधमा बोकेर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
कैलाली गोदावरी १२ गर भएकी महिलाको कोरोना परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
