मुक्तिनाथ विकास बैंकले घटायो हायर पर्चेज कर्जाको व्याजदर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ।

हाल विद्यमान कोरोनाभाइरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसँग अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर भाद्र १ गते देखि लागु हुने गरी २ प्रतिशतसम्म घटाएको छ।

Advertisement

यसबाट गत चैत्र महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी गराए।

More News last news
Loading...