टिकटकमा भिडियो हाल्दैमा मेरी बहिनीलाई किन जेल ?

‘हामी पूरै स्तब्ध भयौँ । उनले गल्ती गरेकी थिइनन्, मेरी बहिनी अपराधी होइनन्, रहमा अल-अधामले सामाजिक सञ्जालमा प्रख्यात भएकी आफ्नी बहिनीबारे भनिन्।’

बाइस वर्षीया मवादालाई इजिप्टमा पारिवारिक मूल्य र मान्यताविपरीत कार्य गरेको भन्दै गत महिना दुई वर्षको लागि जेल सजाय सुनाइएको थियो।

Advertisement

उनलाई टिकटक र इन्स्टाग्राममा गीत गाए जस्तो अभिनय गरेर र चलनचल्तीका परिधान लगाएर नाचेको भिडिओ प्रकाशित गरेको हुनाले गत मे महिनमा पक्राउ गरिएको थियो। अभियोजनकर्ताहरूलाई उनका भिडिओ अभद्र लाग्यो।

मवादाका टिकटकमा ३० लाख र इन्स्टाग्राममा १६ लाख फलोअर छन्। उनी केवल प्रख्यात बन्न चाहन्थिन्, रहमाले भनिन्।

‘द टिकटक गर्ल्स’

मवादा र अन्य चार युवतीहरूलाई झन्डै २०,००० अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाइएको थियो।उनीहरूलाई ‘टिकटक गर्ल्स’ भनेर चिनिन्छ। उक्त समूहमा मवादाबाहेक समूहमा सामाजिक सञ्जालमा लोकप्रिय हनीन होसाम र नाम नखुलाइएका अरू तीन जना छन्।

रहमाका अनुसार उनकी बहिनीले विभिन्न फ्याशन ब्रान्डका लागि सामाजिक सञ्जालमा मोडलिङ गरिरहेकी थिइन्।

‘उनी धेरै महत्त्वाकाङ्क्षी थिइन्। उनले नायिका बन्ने सपना देखेकी थिइन्। उनी नै किनरु केही नायिकाहरूले निकै खुला कपडा लगाउँछन्। उनीहरूलाई कसैले केही गर्दैन,’ रेहमाले आक्रोश पोखिन्। एम्नेस्टी इन्टर्न्याश्नलका अनुसार मवादाको ‘अभद्रता’ पुष्टि गर्न १७ वटा तस्बिरलाई प्रमाणका रूपमा प्रयोग गरिएको थियो।

ती तस्बिरहरू गत वर्ष आफ्नो फोन चोरी भएपछि इच्छाविपरीत सार्वजनिक भएको मवादाको भनाइ छ। फैसलाबारे अगस्ट १७ तारिखमा पुनरावेदनका लागि सुनुवाइ हुँदैछ र सजाय घटाइने कुरामा रहमा आशावादी छिन्। अदालतले फैसला सुनाउँदा मवादा अचेत भएको उनका वकिलले जानकारी दिए।

यो घटनाबारे इजिप्टमा मिश्रित प्रतिक्रिया आएको छ। केही रूढीवादी मुस्लिम परिवारहरू टिकटकमा प्रकाशित हुने त्यस्ता भिडिओलाई अभद्र मान्छन् भने अन्यले यसलाई सामान्य रमाइलोका रूपमा अर्थ्याउँदै त्यसकै लागि जेल सजाय दिनु उचित नभएको बताएका छन्।

बहिनीलाई मुद्दा परेपछि आफ्नी आमा ‘विरलै मात्र ओछ्यानबाट अन्यत्र जाने’ रहमा बताउँछिन्। ‘आमा रोइरहनुहुन्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ उहाँ राति बिउँझिनुहुन्छ अनि मवादा घर फर्किइन् भनेर सोध्नुहुन्छ।’

 

 

 

More News last news
Loading...