सहकारी पत्रकार काजी श्रेष्ठलाई नेफ्स्कून पत्रकारिता पुरस्कार

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष सहकारी पत्रकार काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ।

संघले ३३ औं स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उक्त घोषणा गरेको हो। पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रका सूचना र गतिविधिहरुलाई सदस्य, सञ्चालक एवं सरोकारवाला निकायहरु समक्ष उचित स्थानका साथ सम्प्रेषण कार्यमा संलग्न पत्रकारलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने प्रचलन रहँदै आएको छ।

Advertisement

विगत एक दशकदेखि सहकारी पत्रकारितामा सकृय श्रेष्ठसँग विभिन्न सञ्चार माध्यममा काम गरेको अनुभव छ। उनी हाल सहकारी खबर र सहकारी टिभिका पनि सम्पादक रहेका छन्। स्थापना दिवसमा घोषणा गरिने उक्त पुरस्कार वार्षिक साधारणसभाको अवसरमा आयोजिक कार्यक्रममा प्रदान गर्ने नेफ्स्कूनले जनाएको छ।

More News last news
Loading...