सेनाका सहायक रथीसहित तीनजना बर्खास्त, तीन सैनिकको पद घटुवा

काठमाडौँ । नेपाली सेनाले सहायक रथी प्रयोग जबरासहित तीन जनालाई बर्खास्त गरेको छ।

समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अधिकारीहरु सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई बर्खास्त गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Advertisement

ती सैनिक अधिकारीमाथि पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोग लागेको थियो।

तीन सैनिकको पद घटुवा, ४ लाई सफाई

यस्तै सैनिक अदालतले केही सैनिक अधिकारीहरुको पद घटुवा गरेको छ। सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह (दर्जा) घटुवा गरेको छ।

प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाइ दिने फैसला गरेको छ। सफाई पाएका पाण्डेले यसअघि नै अवकाश लिइसकेका छन्।

More News last news
Loading...