कालिकोट । कालिकोटको नरहरीनाथ गाउँपालिका–७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटका लागि जान लागेका एकै परिवारका चारजनाको दुदुली खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो।
अछामबाट माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोराको दुदुली खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरी इन्स्पेक्टर जोसीका अनुसार माल्कोटको उच्छवबाट दिदीलाई भेट्न जान लागेका उनीहरुलाई दुदुली खोलाले बगाएको थियो। उनीहरु सबैको शव फेला परिसकेको छ। भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जगार तर्दा उनीहरु बगेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
