एक दर्जन गायकको स्वर रहेको, हरेक नेपालीको मन छुने गीत ‘मेरो बुबा’ (भिडियोसहित)

काठमाडौँ । गायक तथा संगीतकार डि.आर. सुजनको नयाँ गीत मेरो बुबा बजारमा आएको छ। डि. आर. सुजनले आफ्नो बोली नफुट्दै बाल्यकालमै आफ्नो बुबा गुमाउनुको पीडालाई टपक्क टिपेर भावुक गीत तयार पारेका छन्।

टेक नारायण चापागाई र डि. आर. सुजनको संगीत रहेको मेरो बाबा गीतको म्युजिक भिडियोमा डि.आर. सुजन, दिवाकर भण्डारी र लेखान्त भूषालको भावविह्वल पार्ने अभिनय देख्न सकिन्छ ।

Advertisement

उक्त गीतमा सुजनकै संगीत रहेको छ । उक्त गीतमा अग्रज देखि भर्खरै उदायका गरी १२ जना गायकको सुमधुर स्वर रहेको छ । गीतमा पुरुषोतम न्यौपाने, पशुपति शर्मा, खूमन अधिकारी, नारायण भट्टराई, राजन कार्की, इश्वर सिंह, तारानाथ आचार्य, सम्भु कुँवर, मौसम गुरुङ, डिआर सुजन, किसान नेपाली,  टेकनारायण चापागाइँको स्वर रहेको छ।

डिआर सुजन, दिवाकर भण्डारी, लेखान्त भुषाल र सुरवीर पण्डित, साया भण्डारी र रमा थपलियाको मूख्य अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोमा अमृत पौडेल, कृष्ण मंगल श्रेष्ठ, विमल खड्का, मनि कुमार राइ, निर्मला आचार्य र बाल कलाकारहरु जोनिश अधिकारी, आश्रय दाहालको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो गीतकार तथा मूख्य पात्र डि. आर सुजनले नै निर्देशन गरेका छन्।

यस्तो छ मेरो बाबा गीतको भिडियो

More News last news
Loading...