लेखनाथ, कास्की । लोक संगीतमा फरक पहिचान बनाउन सफल गायिका साबित्री गिरीले दुईवटा साँगीतिक कोशेली बजारमा ल्याएकी छन् ।
केही वर्ष अघि पोखराको सेतिनदिमा गएको बेमौसमी बाढीका बारेमा गीत गाएर चर्चा कमाएकी गायिका गिरीले मौलिक तीज गीत ‘छनछन् काँचको चुरा’सहित यसपटक नेपालसहित विश्वभर देखिएको कोरोना भाइरस (कोभिड १९) र यसको रोकथाम (नियन्त्रण) बारे सन्देश मुलक तीज गीत ‘भाइरस निस्क्यो’ बजारमा ल्याएकी हुन् ।
कोरोना भाइरस सम्बन्धी गीत ‘भाइरस निस्क्यो’
गिरीको छनछन् काँचको चुरा बोलको तीज गीत केही दिन अघि मात्रै बजारमा आएको थियो। पौराणिक ढाँचामा लोक लय र तीजको भाकामा आधारीत गीत छोटो समयमै धेरै दर्शहरुको मनमा बस्न सफल भएको छ।
यस्ता छन् गायिका गिरीका साँगीतिक कोशेली
पोखराकी स्थानीय वासी समेत रहेकी गायिका गिरीका यसअघि पनि थुप्रै गीतहरु बजारमा आएका छन् । यस अघि गायिका गिरीका अल्झिए नजर, भयो जे हुनु, सेतै फुल्यो काँस, मेलैमा सरर दोहोरी खेलैमा, मकै खायो घुनले लोक गीत तथा छमछ्म नाचनी हो, छाता ओझेल पारी, काठमाडौ जाँदा, चौबन्दी चोली, सेतीबाढी, भुकम्प जस्ता तीज बजारमा आएका थिए।
लोकसँगै गिरीका केही आधुनिक गितहरु पनि बजारमा छन्। सिसा होस या दिल, र घामले पोल्यो उनका आधुनिक गीत हुन्।
मौलिक तीज गीत ‘छनछन् काँचको चुरा’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
