जगदम्बाका रड प्रयोग भएका संरचनाहरु उच्च जोखिममा

काठमाडौँ । जगदम्बा स्टिल्स् कम्पनीबाट उत्पादित निर्माणजन्य बस्तुहरु कमजोर र गुणस्तरहिन भएको फेला परेको छ।

काठमाडौँको नागार्जुनमा निर्माण भईरहेको एक घरमा प्रयोग गरिएका रडहरु सजिलै भाँचिने र नासिने भएको भन्दै घरधनी र जगदम्बाका रड प्रयोग गरिएका उपभोक्ताहरु त्रसित छन् ।

Advertisement

निर्माणाधीन रहेको श्रीकृष्ण भट्टराईको घरमा प्रयोग भएको जगदम्बा स्टिल्सबाट उत्पादित १६ मि.मि.का रडहरु एल आकार पार्ने बित्तिकै भाँचिन थालेपछि उनको निन्द्र नै खल्बलिएको छ । मक्किएको र गुणस्तरहिन रड फेला परेपछि सानु भ-याङ स्थित रहेको डिपो सञ्चालकलाई खबर गर्दा वास्ता नगरेपछि उनीहरु उचित न्याय र कारवाहीका लागि नेपाल गुणस्तर विभाग पुगेका छन्।

रडहरुमा त्यस प्रकारको समस्याको गुणासोपछि त्यहाँ पुगेका जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल उल्टै ठेगेदार र मजदुरलाई अपमानजनक शब्दले चेतावनी दिर्दै फर्किएको घरधनि भट्टराईले बताए । विभागकै प्रतिनिधि र उक्त कम्पनीका प्रतिनिधि अगाडी नै मजदुरहरुले रडहरु सहजै भाँचिएपछि थप आशंका लागेर उक्त रडको टुक्रसहित चेकजाँचका लागि गुणस्तर विभाग पु-याएको छ।

सो स्याम्पलको परिणाम आईतबार मात्र आउने बताएको छ। तर पीडित भट्टाई भने देशलाई ठगी गर्ने जगदम्बा कम्पनीलाई कारवाही गर्नुपर्ने बताएका छन्।

निर्माण जस्तो संवेदनशील विषयमा उपभोक्तमार्फत ठगि गर्दै आएकोले सरकारले तुरुन्त छानविन गरी कारवाहीको माग गरेका छन् ।

लाखौँ लगानी गरेर बनाएको संरचनामा प्रयोग भएका रडहरु नै ढोट जस्तै भाँचिएपछि जगदम्बा स्टिल कम्पनीप्रति नै विश्वास नरहेको उनको तर्क छ।

त्यस्तै, कम्पनीकै लापरवाही र कमजोरीका कारण ठेगेदार र मजदुरहरुले भने उल्टै आफूहरु मारमा परेको बताएका छन् ।

संरचनाहरु निर्माण गर्दा बिचमै भत्किने, मासिन्ने गर्दा आफूहरुले समयमा ज्याला नपाउने र गाली खानुपर्ने अवस्था आउने गरेको मजदुर सुरेश मगरले सुनाए । आफुहरु सोझो भएर बस्दा त्यसको फाईदा कमसल सामान उत्पादन गरी उपभोक्ता ठगि गर्ने कम्पनीहरुले लिएको मजदुर मगरको गुनासो छ।

उक्त घर निर्माण गरिरहेका ठेगेदार आफू १४ वर्षदेखि देशविदेशमा रहेर निर्माणकै कामहरु गर्दा त्यस्तो समस्या नआएको र एउटा गुनासो गरेको भन्दैमा कम्पनीका व्यक्ति आएर हाम्रो कामप्रति नै चेतावनी ढंगले प्रश्न गरेपछि मिडियामा आउन बाध्य भएको बताए।

मुलुकका अधिकंश भौतिक संरचनाहरु निर्माणमा प्रयोग गरिएका जगदम्बाबाट उत्पादित रड, सिमेन्ट लगायत अन्य निर्माण सामाग्री बिक्रि वितरण गर्दै उपभोक्ता र सरकारलाई नै उल्लू बनाई कालाबजारी गर्ने यी कम्पनीमाथी कस्तो खालको कारवाही हुने हो सम्बन्धित निकायको ध्यान पुगोस्।

भिडियो : 

More News last news
Loading...