सिन्धुपाल्चोक जुगलको पहिरोले ३७ घर बगायो, ३६ जना सम्पर्कविहिन, २ को शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर बगाउँदा ३६ जना सम्पर्कविहीन भएका छन्।

दुई जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनकाअनुसार ५ जनालाई भने उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको छ। अहिले उद्धार र खोजीको काम चलिरहेको उनले बताए । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली र प्रहरीको टोली पनि सिन्धुपाल्चोक पुगेको छ ।

Advertisement

More News last news
Loading...