मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

हेटौँडा। मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ।

Advertisement

संक्रमितहरुमध्ये १८ जना हेटौँडा उपमहानगरपालिकाका छन्। हेटौँडा उपमहानगरपालिका वडा नं ९ का ७ जना, वडा नं ५ का ४ जना, वडा नं ४ का ४ जना छन्।

यसैगरी हेटौँडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन्।

यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौँका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन्।

More News last news
Loading...