काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य ह्वात्त बढेको छ। अघिल्लो दिन एकै दिन ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १२ सय १० रुपैयाँमा कोरोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
