काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी १०९ जना काठमाडौंका रहेका छन्। यसैगरी आज देशभर ४८४ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए।
यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
